नागरिकको जीवन रक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनु बजेटको प्राथमिकता : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री खतिवडाले नागरिकको जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई बढावा दिनु सरकारको दायित्व भएको बताउँदै आर्थिक पुनरुत्थान, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा बजेटले विशेष प्राथमिकता दिएको बताएका छन् ।

विनियोजन विधेयक २०७७ को विचार गरियोस भन्ने प्रस्तावको छलफलका क्रममा राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री खतिवडाले आफै लकडाउन हुने स्थिति विचार गरेर बजेट ल्याइएको बताए।

कृषिजन्य उत्पादनको भण्डारणका लागि मुलुकभर नै २०० भण्डारण गृह निर्माण गर्न एक अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले विदेशबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर दिने गरी व्यवस्था मिलाइएको जानकारी बताए।

मुलकको सन्तुलित विकास गर्न कुनै एक खास क्षेत्रले अर्थतन्त्र चलायमान नहुने भन्दै उनले व्यापार कृषि लगायतका क्षेत्रमा सरकाले जोड दिएको उल्लेख गर्दै अनावश्यक दोहोरी नखेल्न आग्रह गरे । जीवन रक्षा गर्दै आर्थिक गतिविधिलाई सामान्यकरण गर्न बजेट विनियोजन गरिएको छ । उनले भने।

आवश्यकताका आधारमा बजेट खर्च गरिने र अधिकतम रुपमा परिचालन गरिने जानकारी दिँदै उनले विपद्का समयमा सबै राजनीतिक दलले देखाएको राष्ट्रिय एकतालाई आगामी दिनमा पनि कायम गरेर जानुपर्ने औँल्याए ।

बजेटलाई महिलामैत्री बनाउन अझै कोशिश गर्न सकिने जनाउँदै उनले आगामी आवको बजेटमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि थप रकम विनियोजन गरिएको बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिका नाममा भएका कार्यक्रम सरकारका हुन । प्रधानमन्त्री र राष्ट्रपतिको नाममा कार्यक्रम हुँदैमा त्यहाँबाट आयोजना छनोट नहुने पनि उनले प्रष्ट पारे।

कोरोना सबैका लागि अफ्ठयारो हो । यसलाई कसैले अवसरको रुपमा प्रयोग गर्नु हुँदैन । महामारीका विरुद्ध सबै एकवद्ध भएर लड्नुपर्छ । सरकारलाई खबरदारी गर्नुपर्छ । यसका सबै हिसाबहरु सरकारले उपलब्ध गराउँछ । यसमा धेरै शंका आशंका नगर्न पनि आग्रह गरे ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रस्ताव गरेका थियो ।