स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार २३० जना पुरुष र २० जना महिला गरि थप २५० जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ ।
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ४ हजार ६१४ पुगेको छ। जसमध्ये ४ हजार २८५ जना पुरुष ३२९ महिला छन्। । यस्तै देशभरका पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १९४ वटा पीसीआर र ५ हजार २६३ वटा आरडिटी गरि कूल १० हजार ४५७ वटा नमुना परीक्षण सम्पन्न भएका छन्। हालसम्म पीसीआर प्रविधिबाट १ लाख १५ हजार ९३० वटा र आरडिटी विधिबाट १ लाख ७८ हजार १४३ वटा गरि कूल २ लाख ९४ हजार ७३ वटा परीक्षण सम्पन्न भएको छ।
देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या जम्मा ३ हजार ७३८ जना र १५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज
यसैगरि पछिल्लो २४ घण्टामा १८७ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। बुधबार ८ महिला र १७९ जना पुरुष रहेका छन्। हालसम्म ८६१ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। उनीहरुमध्ये ८७ महिला र ७७४ जना पुरुष रहेका छन्।
३ हजार ७३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै ४९२ जना सम्भावित संक्रमितको सूची अर्थात रेडजोनमा परेका छन्। पछिल्लो २४ घण्टामा काठमाण्डौंको १ जना रेडजोनमा परेका छन्।
कहाँ कहाँ भेटिए २५० संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका पाँच जिल्ला बाहेक ७२ जिल्लामा कोभिड १९ को संक्रमण फैलिएको छ। बिहीबार कुनैपनि थप जिल्लामा कोरोना संक्रमण फैलिएको छैन।
आज भेटिएका संक्रमितको विवरण यस प्रकार रहेका छन्:-
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीको ३ जना पुरुष
- नारायणी प्रयोगशाला वीरगञ्जमा रौतहटको ३ जना पुरुष
- किटजन्य रोग तथा तालीम केन्द्र हेटौंडामा १४ जना (बाराका ७ जना पुरुष र धादिङ्गका ७ जना पुरुष)
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष
- विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको ९ जना पुरुष
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २१ जना( सर्लाहीको २ जना पुरुष, रौतहटको १५ जना पुरुष, र महोत्तरीको ४ जना पुरुष)
- कोशी अस्पताल प्रयोगशालामा झापाको ३ जना पुरुष
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका ३ जना महिला र ५ जना पुरुष गरि ८ जना
- भेरी अस्पतालको प्रयोगशालामा २७ जना (जसमध्ये रोल्पाको १४ जना पुरुष, बाँकेको १ जना महिला र १२ जना पुरुष गरि १३ जना)
- सुर्खेत प्रादेशिक अस्पताल प्रयोशालामा ४ जना महिला र ५१ जना पुरुष गरि ५५ जना (जसमध्ये दैलेखका ४ महिला ४४ जना पुरुष गरि ४८ जना र सुर्खेतको ७ जना पुरुष)
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४ महिला र २७ पुरुष गरि कूल ३१ जना (जसमध्ये कपिलबस्तुको १ जना पुरुष, प्युठानको १ जना पुरुष, रुपन्देहीको बालिका सहित ४ महिला र बालक सहित २५ जना पुरुष गरि २९ जना)
- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८ महिला र १९ जना पुरुष गरि २७ जना (जसमध्ये कैलालीको ७ जना पुरुष, बाजुराका बालिका सहित ८ महिला र बालक सहित १० पुरुष गरि १८ जना, र बझाङका २ जना पुरुष)
- धुलिखेल अस्पतालमा नवलपरासी पश्चिमका ६ जना पुरुष
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४० जना (जसमध्ये कपिलवस्तुको १ जना पुरुष, रौतहटको ३९ जना पुरुष)
यस्तो छ प्रादेशिक विवरण
- प्रदेश नम्बर १ को १३ जिल्लामा ३०७ जना
- प्रदेश नम्बर २ को ८ जिल्लामा १ हजार ६७१ जना
- वाग्मती प्रदेशको १२ जिल्लामा १४७ जना
- गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना
- प्रदेश नम्बर ५ को १२ जिल्लामा १ हजार ३९९ जना
- कर्णाली प्रदेशका ९ जिल्लामा ७९९ जना
- सुदूरपश्चिम प्रदेशको ९ जिल्लामा १९२ जना
प्रतिक्रिया