बेष्ट फाइनान्सको २३औँ वार्षिक साधारण सभा असार १८ गते

0
Shares

बेष्ट फाइनान्स कम्पनी (BEST) ले असार १८ गते २३औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

जेठ २७ गतेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको अनुमोदन लगायतका एजेण्डा राखिएको छ।

साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिन शेयर दाखिला खारेजी (बुक क्लोज) गरिने मिति तय गरेको छ । यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछ।