प्रिमियर इन्स्योरेन्सको साधारण सभा आह्वान, लगानीकर्तालाई छैन लाभांश

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (PIC) ले असार १९ गते कम्पनीको २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। जेठ २९ गते सम्पन्न २८३ औं सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो।

अघिल्लो आवको नाफाबाट ८४ प्रतिशत बोनस वितरण गरेको कम्पनीले बीमा समितिले तोकेको नयाँ लेखामान प्रणाली (एनएफआरएस) अनुसार जगेडा तथा कोषहरु व्यवस्थापन गनुपर्ने भएपछि आव २०७५/७६ बाट लाभांश वितरण गन नसकिएको जनाएको छ।

यसअनुसार यो वर्ष ल लगानीकर्ताको हात खाली भएको छ।

प्रिमियर भवन नक्सालमा बिहान ११ बजे डाकिएको २६ औं वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने मुख्य एजेण्डा छ।

यस्तै सञ्चालक समितिको आव २०७५/७६ को नाफा/नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अन्य एजेण्डा पनि रहेका छन् ।

साधारण सभाका लागि इन्स्योरेन्स कम्पनीले असार ४ गतेदेखि शेयर दाखिला खारेजी गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।