सेञ्चुरी बैंकले प्रकाशित गर्यो नयाँ ब्याजदर, बचत र मुद्दती खातामा कति पाइन्छ ब्याज ?

0
Shares

सेञ्चुरी बैंक कमर्सियल (CCBL) ले नयाँ ब्याजदर प्रकाशन गरेको छ। नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा अधिकतम साढे ५ प्रतिशतसम्म मात्रै ब्याजदर प्रदान गर्ने जनाएको छ।

कूल २१ प्रकारका बचत खाताको विवरण प्रकाशन गरेको बैंकको न्यूनतम मौज्दात शुन्यदेखि १ लाखसम्म भएपनि ब्याजदर भने समान दिने उल्लेख गरेको छ। बैदेशिक मुद्राका ३ प्रकारका खातामा दुइमा १ र १ मा २ प्रतिशत ब्याजदर प्रदान गर्ने उल्लेख गरेको छ।

मुद्दती तर्फ भने बैंकले प्राकृतिक व्यक्तिका लागि ८.२५ प्रतिशत र संस्थागत लगानीकर्ताका लागि ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थागत लगानीकर्ताका लागि ७.१० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

कर्जातर्फ बैंकले क्रेडिट प्रोडक्टमा आधार ब्याजदरमा ०.७५ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा लगानी गरिने उल्लेख गरेको छ। यस्तै होम लोनमा आधार ब्याजदरमा १.२५ देखि अधिकतम ५ प्रतिशत, ब्यक्तिगत सवारी कर्जाका लागि आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत, कर्मसियल सवारी कर्जामा आधार ब्याजदरमा ३ देखि अधिकतम ५ प्रतिशतमा प्रवाह गर्ने जनाएको छ।

यसैगरि साना तथा मझौला उद्योगका लागि आधार ब्याजदरमा १.५० देखि अधिकतम ३.५० प्रतिशतसम्म, र अन्य प्रकारका कर्जाहरुमा पनि बैंकले आधार ब्याजदरमा १.५० देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा लगानी गर्न उल्लेख गरेको छ।

चैत मसान्तसम्ममा बैंकको आधार ब्याजदर १०.२७ प्रतिशत रहेको छ।