लकडाउनकै बीच छिटो छरितो सामग्री आयत गर्न नेपाल सिपिङ्ग लाइन्सकोे सेवा सुचारु

0
Shares

नेपाल सिपिङ्ग लाइन्सले लकडाउनकै बीच पनि आफ्नो सेवालाई सुचारु राखेको छ ।

भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आफ्नो सेवालाई सुचारु गरेको जनाएको छ।

कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी भइसकेको छ । त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न । त्यसैका खातिर नेपाल सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरेको विज्ञप्ति मार्फत जनाएको छ।

त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचत हुन्छ । यसले गर्दा कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भब भएको छ । तसर्थ, निर्यात प्रबद्र्धनमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पलायनमा पनि कमी आएको उसको भनाई छ।

नेपाल सिपिङ्ग लाईन्सको सेवा लिंदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको जनाएको छ।

नेपाल सरकारको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा गर्न आवश्यकता अनुसार कन्टेनरहरुबाट ढुवानी सेवा शुरु भैसकेको छ । यसरी नेपाल सिपिङ्ग लाईन्सले अर्थतन्त्रमा ठूलो योगदान पु¥याउनेछ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सकिने सम्भाबना समेत रहेको समेत उल्लेख गरेको छ ।

कुल गृहस्थ उत्पादनको ५५% विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९% आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुच भएको राष्ट्रको रुपमा विकास गर्ने नेपाल सरकारको भिजन रहेको छ । यो सम्भावनालाई साकार पार्न नेपाल सिपिङ लाइन्स हरदम, हरहमेशा तत्पर र तल्लीन रहेको जनाएको छ।