एनएमबि लघुवित्तले डाक्यो सातौं वार्षिक साधारण सभा

0
Shares

एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेड (NMBMF) ले यसअघि कोरोना भाइरस संक्रमणका कारण स्थगित सातौं वार्षिक साधारण सभा पुन: आह्वान गरेको छ।

जेठ ३० गते सम्पन्न १०३ औं सञ्चालक समितिको बैठकले असार २२ गते सोमबार लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा बिहान ११ बजे सभा बोलाएको हो।
यसअघि चैत २६ गते, बोलाएको साधारण सभा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो।

सभाले लघुवित्तको हकप्रद पश्चात कायम चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँको १२ प्रतिशत अर्थात ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत अर्थात २५ लाख ५७ हजार ९९३ रुपैयाँ नगद लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसैगरि सभाले साथै सभाले मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने दिने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १० गतेदेखि बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

बोनस वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी ४५ करोड ३६ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: ३२ जेठ २०७७, आइतबार  ११ : २८ बजे