नेपाली कांग्रेसका नेता एंवम प्रतिपक्ष दलका छायाँ अर्थमन्त्री डा. मिनेन्द्र रिजालले कर तिर्ने प्रक्रिया सहज र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक विघेयक २०७७’ माथिको छलफलका क्रममा उनले कर तिर्ने काम नै कठिनाई भएको उल्लेख गर्दै कर तिर्न चाहानेका लागि कर तिर्ने प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिए ।
उनले यतिबेला अर्थतन्त्र कठिन अवस्थामा रहेको बताउँदै यसबाट उम्कने बाटोमा गम्भिरतापूर्वक लाग्नुपर्नेमा सरकारको ध्याानकर्षण समेत गराए। रिजालले यहि अवस्थामा आर्थिक विघेयकको माथिको औचित्यहिन रहेको दोर्याए । अर्थमन्त्रीले सबैका सामु उभिएर इमान्दिरिताका साथ आउने वर्ष सबै एकठाउँमा उभिएर यो संकटबाट पार लगाऔं भन्नु भो भने बजेटका सबै बिषयमा छलफल गन सकन्छि । उनले भने ।
जेठ २३ गतेको आम्दानी खर्चको आँकडामा १४५ अर्बको ग्याप रहेको र आज ८ दिनपछि जेठ ३१ गतेको आँकडामा १७६ अर्बको ग्याप पुगिसकेको भन्दै उनले असार मसान्तसम्म पुग्दा के हुने हो भन्ने थाहा नभएको बताए।
अर्थतन्त्र कठिन अवस्थामा छ राजवश्व र आयको आँकलन नै गएको वर्षको बजेटको तथ्याकंलाई तोडमोड गरिएर बनाइएको उनको आरोप छ । उनले अंक र प्रतिशत समाएर साल हेरेफेर गरिएको आरोप लगाए ।
अघिल्लो बजेटमा भन्दा कर २४ प्रतिशत आय, मुनाफा र पूँजीगत लाभमा बिषयमा २२.७ र वस्तु र सेवामा लाग्ने सबैमा २५ प्रतिशत र बैदेशिक व्यापारमा सबैमा २४.४ प्रतिशत घटाएर संशोधन अनुमान गरिएको छ । यो सारै हद भयो । अर्थमन्त्रालयले के हेरेर बसेको छ । रिजालले प्रश्न गरे ।
प्रतिक्रिया