कर्पोरेट कर घटाउने बारेमा छलफल गर्न सकिन्छ – अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले कर्पोरेट कर घटाउने बारेमा छलफल गर्न सकिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधयेक २०७७ माथिको दफावार छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले नेपालको कर्पोरेट कर दक्षिणा एशियामा प्रतिस्पर्धी रहेको बताए ।

अर्थमन्त्री खतिवडाले, ‘कर्पोरेट टयाक्स घटाउने सन्दर्भमा राम्रो सुझाब हो। अहिले हामी कर्पोरेट टयाक्सको मामलामा दक्षिणा एशियामा प्रतिस्पर्धि नै छौ । खासगरी उत्पादनमुलक उद्योगहरुले २० प्रतिशत र अरुले २५ प्रतिशत कर्पोरेट टयास्क तिर्नुहुन्छ । आगामी दिनमा कर्पोरेट टयाक्स घटाउने बिषयमा छलफल गर्न सकन्छि।’ मन्त्री खतिवडाले भने ।

कोभिडको सन्दर्भमा केहि छिमेकी मुलुकहरुले कर्पोरेट टयाक्स घटाइरहको अवस्थामा आगामी दिनमा यस सन्दर्भमा छलफल गर्न सकिने उनको भनाई थियो।

साथै उनले बैंकहरुलाई स्वाभाविक नाफामा राखेर अस्वभाविक परिस्थितिमा उद्योगहरु मर्छ र बैंकहरु पनि अफ्ठयारोमा पर्छ भन्दै स्प्रेडदर क्रमश घटाउदै लगिएको जानकारी दिए। कुनैबेला ८/९ प्रतिशतको हाराहारीमा रहेको स्प्रेड अहिले घटेर ५ प्रतिशत भन्दा तल आइसकेको छ। यो असारमसान्तसम्म अझ घटाउने योजना राष्ट्र बैंकको छ । उनले भने । आगामी दिनमा राष्ट्र बैक र सरकारले गर्नेछ ।