लुम्बिनी जनरल इन्स्योरेन्सले ८ करोड ५८ लाखको बोनस प्रस्ताव पारित गर्दै

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले आर्थिक वर्ष २०७५।७६ बाट शेयरधनीलाई ८ करोड ५८ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८.१२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले असार २४ गते १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आह्वान गरिएको सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने र सञ्चालकको संख्या घटाउनका लागि नियम ८ (२) संशोधन गर्दैछ।

यस्तै आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन, नााफा नोक्सान हिसाब सहितको वित्तीय विवरण, लेखापरिक्षण नियुक्ति र पारिश्रमिक निर्धारण एजेण्डा पनि सभामा राखिएको छ।

इन्स्योरेन्सले असार ८ गते बुकक्लोज मिति तय गरेको छ। जस अनुसार असार ७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।