नेपाल बंगलादेश बैंकमा मुद्दती निक्षेप राख्दा एक लाखको कोरोना बीमा निशुल्क हुने

0
Shares

नेपाल बंगलादेश बैंक (NBB) ले आफ्ना बचतकर्ताको हितको लागि भन्दै मुद्दती निक्षेप बचत गर्ने ग्राहकहरुलाई एक लाख रुपैयाँ बराबरको निशुल्क कोरोना भाइरस (कोभिड-१९) बीमा गरिदिने योजना ल्याएको छ।

यो योजना अन्तर्गत खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले कोरोना बीमा सुविधा पाउनेछन्।

बैंकले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम एक लाख मौज्दातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ।

हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैंकले यो योजना ग्राहकको आवश्यकता महसुस गरि पस्केको हो।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  १३ : २७ बजे