हालसम्म १ लाख ३८ हजार पीसीआर परिक्षण, २४ घण्टामा ५ हजार बढी टेष्ट

0
Shares

नेपालमा हालसम्म १ लाख ३८ हजार ६८३ वटा पीसीआर परिक्षण सम्पन्न भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०६ वटा सहित सो संख्यामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यसैगरि हालसम्म आरडिटी विधिबाट २ लाख १९ हजार ३३६ वटा परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ६१५ वटा आरडिटी परिक्षण गरिएको छ।
देशभरका क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना रहेका छन्। भने आइसोलेसमा रहेका संक्रमितको संख्या ५ हजार १५१ जना रहेका छन्।

पछिल्लो  २४ घण्टामा ७ महिला र ६० पुरुष गरि ६७ जना डिस्चार्ज भएका छन्। हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएकोमध्ये १०४ जना महिला र ९३७ जना पुरुष रहेका छन्।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  १६ : ४२ बजे