पीई रेसियोका आधारमा २६ वाणिज्य बैंकहरुमा कुन बैंकको शेयरमूल्य देखियो सस्तो ?

0
Shares

नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कमाएको नाफाको आधारमा निर्धारण भएको प्रतिशेयर आम्दानी र धितोपत्र बजारमा रहेको मूल्यका आधारमा कुन बैंकको शेयरमूल्य कति महङ्गो छ भने जाँच्ने एउटा कडि हो मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ।

यहि मूल्य आम्दानी अनुपातका आधारमा कुन बैंकको शेयरमूल्य कति गुणा महङ्गो छ भनेर हेर्ने प्रयास गरिएको छ। सामान्यतया १० देखि २० गुणासम्म मूल्य आम्दानी अनुापत रहेका कम्पनीहरु शेयर बजारमा लगानीका लागि सुरक्षित हुने विज्ञहरु बताउँछन्। तर लगानीका लागि कुनैपनि एउटा सूचक मात्र नहेरी सम्बन्धित कम्पनीको व्यवस्थापन, अघिल्ला वर्षहरुमा सो कम्पनीले वितरण गरेको लाभांश, सो कम्पनीको शेयरमूल्यमा आएको उतार चढाव तथा १८० दिनको औसत कारोबार मूल्यलाई समेत आधार मानेर लगानी गर्नु उचित हुने उनिहरुको तर्क छ।

लकडाउन पश्चात चैत १० गते कारोबार भएर बन्द भएको शेयर बजार लकडाउनको बीचमा गत बैशाख ३० र ३१ पछिल्लो पटक शेयर कारोबार भएको थियो। यहि दिनमा कारोबार भएको मूल्य र तेस्रो त्रैमासमा कायम हुन आएको प्रतिशेयर आम्दानीका आधारमा हेर्दा सिभिल बैंकभन्दा बाहेक अन्य सबै २५ वटै वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १० देखि २० गुणा बीचमा रहेको देखिन्छ।

नेपाल बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम १०.०५ गुणा रहेको छ। हेरौं अन्य कुन बैंकको कति छ त !