जिप्रका काठमाडौंको सेवा टोकन मार्फत, समय र कोटा तोकियो

0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रवाह गर्ने सेवामा टोकन प्रणालीसँगै कोटा र समय निर्धारण गरेको छ ।

कोरोना संक्रमणको जोखिमबाट सुरक्षित सेवा प्रवाह गर्नका लागि सेवा अनुसार समय तालिका र कोटा निर्धारण गरेको जनाएको छ।

सरकारले गत जेठ २८ गते गरेको निर्णय अनुसार जनस्वास्थका सुरक्षा मापदण्ड पालन गर्नुपर्ने र सरकारी कार्यालय विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म दुई सिफ्ट संचालन गर्नुपर्ने भएकाले कोभिडको संक्रमणलाई न्यूनिकरण गर्न कोटा र समय निर्धारण गरिएको बताएको छ ।

जिप्रका काठमाडौंले विहान ८ बजेदेखि ११ बजेसम्म टोकन लिएर मात्र तोकिएको समयमा सेवा लिन आग्रह गरेको छ ।

साथै प्रशासनले दैनिक प्रवाह गर्ने सेवाको विवरण, सम्पर्क व्यक्ती र कोटा निर्धारण गरेको छ । जिप्रकाले ६ प्रकारका सेवा सिफ्ट अनुसार दैनिक बढीमा २५ जनालाई र ३ प्रकारका सेवा आवश्यकता अनुसार प्रवाह गरिने उल्लेख छ ।