वैशाख ३१ गते भएको शेयर कारोबारको राफसाफ आज हुँदै

0
Shares

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लकडाउनको बीचमा खुला गरेको वैशाख ३१ गते भएको शेयर कारोबारको राफसाफ आज मंगलबार गर्दैछ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने सरकारले गरेको लकडाउन जेठ ३२ गतेदेखि आंशिक रुपमा खुला गरेसँगै सोमबारदेखि सिडिएसले असार १ गतेदेखि राफसाफ तथा फछ्र्यौट थालेको हो।

गत वैशाख ३० गतेको धितोपत्र कारोबार हिजो सोमबार नै गरिसकेको छ। सरकारले बैंक तथा वित्तीय संस्थाका साथै अत्यावश्यक सेवा खुला गरेपछि गत बैशाख ३० गते र ३१ गते लकडाउनकै बीचमा पनि दुईदिन खुला गरेको थियो।

दुबै दिन २।२ प्रतिशतले नकारात्मक सर्किट लागेर बजार घटेपछि सो कारोबार विवादित पनि भएको थियो। सो पश्चात नेपाल धितोपत्र बोर्डले २ दिनका कारोबारको विस्तृत अध्ययन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो। नेप्सेले दुबै दिनको कारोबारमा चलखेल नदेखिएको निष्कर्ष दिएपछि राफसाफ प्रकृया अगाडि बढेको हो।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार  १२ : २८ बजे