धितोपत्र विधयेकलाई आज प्रतिनिधि सभाबाट अर्थ समितिमा पठाइँदै

0
Shares

धितोपत्र सम्बन्धि पहिलो संशोधन विधयेक २०७६ लाई बिहिबार अर्थ समितिमा दफावार छलफलको लागि पठाइने भएको छ।  आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयकलाई समितिमा पठाउन प्रस्ताव गरेका हुन्।

अर्थमन्त्रीद्धारा प्रस्तावित धितोपत्र सम्बन्धि पहिलो संसोधन विद्येयक २०७६ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्दा सर्वसम्मतिले पारित भएको छ। सभामुख अग्नि सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मतिले पारित भएको बताए।

अर्थमन्त्रीद्धारा प्रस्तावित हुने उक्त प्रस्ताव पारित भएपछि विधयेक अर्थ समितिमा छलफलका लागि पठाइनेछ। त्यस पश्चात अर्थ समितिमा दफाबार छलफल हुनेछ। समितिले आवश्यक ठानेका विषयमा संसोधन समेत गर्नेछ ।

अर्थ समितिले विधयेक पारित गरेपछि फेरि संसदमा आउनेछ। सो पश्चात संसदको दुवै सदनको पूर्ण बैठकले विधयेक पारित गर्नेछ ।

संसदबाट पारित भएको उक्त विद्येयक राष्ट्रपतिले प्रमाणिकरण गनुहुर्नेछ। सो पश्चात उक्त विद्येयकले संवैधानिक मान्यता प्राप्त गर्नेछ भने यो कानुनको रुपमा लागू हुनेछ।

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार  १४ : ५० बजे