स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएको कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको हो।
बिहीबार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना गरि कूल ६ जना संक्रमित उपत्यकामा पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८० जना महिला र ५९१ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।
बुधबार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । कूल संक्रमितको संख्या ७ हजार ८४८ पुगेकोमध्ये ६१९ जना महिला र ७ हजार २२९ जना पुरूष रहेका छन्।
संक्रमितमध्ये १ हजार १८६ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् भने हालसम्म यहि संक्रमणका कारण २२ जनाको ज्यान गुमाएका छन्।
प्रतिक्रिया