नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको २ करोड ८५ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता बोनस र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बिहीबार सूचीकृत बोनस शेयर सम्बन्धित कम्पनीको बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले डिम्याट खातामा पाइसकेका छन्। अब धितोपत्रको बजारमा कारोबार खुला हुनासाथ उक्त बोनस शेयर खरीद बिक्री गर्न सक्नेछन्।
प्रतिक्रिया