बुद्धभूमी हाइड्रोले १२ करोड बराबरको आईपिओ निष्कासन गर्ने

0
Shares

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनको प्रस्ताव राखेर असार २६ गते कम्पनीको बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको साधारण सभा कम्पनिको रिष्जट्रार कार्यालय महाराजगंजमा बेलुका ३ बजे बस्नेछ। उक्त साधारण सभाले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक शेयर निष्कासनको प्रस्ताव पनि पारित गर्नेछ। जसमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ ।

साथै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, र आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित तादी खोलामा रन अफ रिभरमा आधारित ५ मेगावाट क्षमताको जलविद्युत्त आयोजना निर्माण गरिरहेको छ ।