नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड नाघ्यो

0
Shares


नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड पुगेको छ ।

कम्पनीको ७१ औं वार्षिक साधारणले गत वर्षको प्रस्तावित लाभांश पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके भन्दा बढी कायम भएको हो।

कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.८९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिएको हो । ५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।