सुन तस्करीमा संलग्न चार प्रहरीविरुद्ध साढे २६ लाख भष्ट्राचारको मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीमा संलग्न चार प्रहरीविरुद्ध साढे २६ लाख रुपैयाँ भष्ट्राचारको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 आयोगले २६ लाख ५२ हजार विगो कायम गर्दै  राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीलाई प्रतिवादी मुद्दा चलाएको हो।

उनीहरुविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ। अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी सम्बन्धित निकायमा बुझाउनेको साटो हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले यस मुद्दामा प्रतिव्यक्ति २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो माग दाबी गरेको छ।

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार  २३ : २५ बजे