पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ६०५ पुगेको छ ।
कूल सङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया