कालिका पावर कम्पनीको बिजुली बिक्रीसँगै खुद नाफामा सुधार, १४७.८८% बढ्यो नाफा

0
Shares

कालिका पावर कम्पनी (KPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चैतसम्म कमाएको कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा ३ करोड ४४ लाख ८२ हजार रुपैयाँ अर्थात १४७.८८ प्रतिशत धेरै हो। गत आवको चैतसम्ममा कम्पनीले २ करोड ३३ लाख १८ हजार रुपैयाँ नाफा आर्जन थियो।

समीक्षा अवधिमा कम्पनीको मुख्य आयस्रोत बिद्युत बिक्री आय बढेपछि कम्पनीको नाफा सुधारिएको हो। चैतसम्ममा कम्पनीले बिजुली बेचेर १३ करोड ९१ लख २५ हजार रुपैयाँ आर्जन गरेको छ।

गत आवको यसै अवधिमा बिजुली बेचेर १३ करोड ६२ लाख ८६ हजार रुपैयाँ कमाएकोमा २८ लाख २९ हजार रुपैयाँले वृद्धि गरेको हो।

चुक्ता पूँजी ६० करोड रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक १२.८४ रुपैयाँ छ । यस्तै जगेडा कोषमा ६ करोड ९३ लाख ७२ हजार रुपैयाँ र प्रतिशेयर नेटवर्थ १११.५६ रुपैयाँ छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ८.४१ गुणा छ।