सूर्योदय लघुवित्तको बोनस सूचीकृत

0
Shares

सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४४.४८ प्रतिशत बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकृत गराएको हो ।

सूर्योदय लघुवित्तले गत पुस ५ गते सातौ वार्षिक साधारण सभाबाट ४ लाख ८० हजार कित्ता बोनस शेयर र २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि २.३४०९ प्रतिशत) अनुमोदन भएको थियो।

बोनस सूचीकरणसँगै अब उक्त लघुवित्तका लगानीकर्ताले लघुवित्तको शेयर कारोबार खुलेपछि खरीद बिक्री गर्न सक्नेछन् ।

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्जर सम्झौता गर्ने समझदारी पश्चात २०७६ असार १९ गते बिहीबारदेखि सूर्योदयको शेयर कारोबार रोक्का रहेको छ। यसअनुसार सो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सूर्योदयका लगानीकर्ताले बोनस पाउनेछन्।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  १५ : ३० बजे