उतार चढाव आइरहन्छ सुजुकीको साथ रहिरहन्छ

0
Shares

विश्व प्रसिद्ध ब्रान्ड सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता भी. जी. अटोमोबाइल्सले कोभिड १९ को माहामारीबाट आक्रान्त भएको अवस्थामा सम्पूर्ण ग्राहकहरुका लागि आफ्नो साथ सहयोग सधै रहिरहोस् भन्ने उदेश्यले ‘उतार चढाब आइरहन्छ सुजुकी को साथ रहिरहन्छ’ भन्ने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सुजुकी ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कूटरको खरिदमा नगद १५ हजार छुटका साथै एक्सचेन्ज र फाइनान्सको सुबिधामा पनि उपलब्ध हुने जनाएको छ।
जसअन्तर्गत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालु अवस्थाका कुनै पनि बाईक एक्स्चेन्ज गर्न सकिने छ साथै बाईक किन्दा फाइनान्सको सुबिधा पनि उपलब्ध गराउने बताएको छ ।

यो योजना असार ३१ सम्म नेपालभर लागू गरिएको छ । कोभिड १९ कोे विषम परिस्थितिमा ग्राहकहरुको सहयोग र सद्भावलाई ध्यानमा राख्दै लागू गरिएको यो योजना बाट ग्राहकले अधिकतम सुबिधा लिन सक्ने कम्पनीले जनाएको छ ।