माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टबीच एक आपसमा गाम्भे गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
एक आपसमा मर्जरमा जान दुई क्यापिटलबीच असार ३ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको शतप्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी हो भने कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी विगत लामो समयदेखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको थियो।
नेपाल धितोपत्र बोर्डबाट २०७६, श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिङ कारोबार गर्न इजाजत पाएको हिमालयन क्यापिटलले २०७६ कात्तिक १५ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो।
२० करोड चुक्ता पूँजीमा स्थापित हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृतमा परमेश्वर पन्त रहेका थिए ।
प्रतिक्रिया