नागरिक लगानी कोष (CIT) को असार १० गते बुधबार शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २२ प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले २२ प्रतिशत बोनसपछि प्रतिकित्ता १ हजार ८८२ रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ।
यसअनुसार अब शेयर बजार खुलेपछि यहि समायोजित शेयरमूल्यलाई आधार मानेर खुला हुनेछ।
नागरिक लगानी कोषले प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न असार २० गते, कोषको नयाँ भवन परिसर, नयाँ बानेश्वरमा बिहान ११ बजे २५ औं वार्षिक साधारण सभा डाकेको छ।
सभाले २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ। यसैगरि सभाले २२ प्रतिशत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ८२. ८४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १० गते बुकक्लोज गरेको हो। यसअनुसार असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया