बुधबार ६२९ जनामा भेटियो कोरोना, कूल संक्रमित १० हजार ७०० नाघ्यो

0
Shares

बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बुधबार संक्रमित भएकामध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन्।  बुधबार काठमाडौंका एक पुरूष र भक्तपुरका एक महिलामा पनि संक्रमण भेटिएको छ।

मंगलबार ९० जना महिला र ४४८ जना पुरुष गरि ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ११४ जना रहेका छन्। जसमध्ये आठ जना महिला र १०६ जना पुरुष रहेका छन्। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३३८ जना पुगेको छ। जसमध्ये १९७ जना महिला र २ हजार १४१ जना पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म यो संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म १ लाख ९३ हजार १९४ वटा पीसीआर परीक्षण सम्पन्न भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८२८ वटा पीसीआर परीक्षण गरिएको छ।

कूल परिक्षण गरिएकोमध्ये १ लाख ८२ हजार ४६६ वटा परीक्षण रिर्पोट नेगेटिभ आएको छ। देशभरका विभिन्न अस्पतालको आइसोलेसनहरुमा ८ हजार ३६६ जना उपचाररत रहेका छन्।

नेपालमा रसुवा बाहेकका बाँकी सबै ७६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार  १६ : २१ बजे