सञ्चय कोषको नाफा साढे ४ अर्ब, शेयरमा २२ अर्ब ४४ करोड लगानी

0
Shares

 कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ ।

कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन अर्ब २५ करोड अर्थात् १२.१७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुगेको हो ।

यसैगरी कोषको कुल वित्तीय स्रोतमा ३० अर्ब ३९ करोड अर्थात् ९.७४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । कोषको सञ्चित सञ्चय कोष रकम ३१ अर्ब १० करोडले वृद्धि भई तीन खर्ब नौ अर्ब ८५ करोड पुगेको छ ।

कर्जा तथा लगानी रकम २६ अर्ब ५० करोडले वृद्धि गरेर तीन खर्ब ३५ अर्ब २५ करोड पु¥याएको कोषले कुल आम्दानी रकमलाई पनि तीन अर्ब २५ करोडले वृद्धि गरी २९ अर्ब ९६ करोड पु¥याएको छ ।

कोषले क्षेत्रगत लगानीतर्फ पनि सञ्चयकर्ता सापटी रकम एक खर्ब ८१ अर्ब, बैङ्कको मुद्दती निक्षेप ७८ अर्ब ७९ करोड, परियोजना कर्जा ५२ अर्ब १९ करोड, सेयरमा लगानी २२ अर्ब ४४ करोड, सरकारी सुरक्षणपत्र ५३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोषले कर्मचारी सञ्चय कोष ऐन २०१९ ले गरेको व्यवस्थाअनुरूप नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने आफ्नो वर्षभरिको कामकाजको वार्षिक प्रतिवेदन अर्थमन्त्री डा. खतिवडासमक्ष पेस गरेको हो ।

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार  ०७ : २१ बजे