शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्दै

0
Shares

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले असार १४ गतेदेखि हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

यसअघि  चैत १२ गतेदेखि शेयर बिक्री गर्ने निर्णय भएकोमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि शेयर निष्कासन स्थगित भएको थियो।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्न लागेको थियो ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले गत फागुन १३ गते शेयर धनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । गत फागुन १२ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् ।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।