स्विस बैंकमा पैसा लुकाउने देशहरुको सूचीमा नेपाल ११८ औं स्थानमा

0
Shares

निक्षेपकर्ताको गोपनियतालाई प्रमुख प्राथमिकतामा राख्ने स्विस बैंकमा नेपालीहरुले पनि पैसा राख्ने विषय नयाँ होईन। तर, सन २०१९ मा स्विस बैंकमा पैसा जम्मा गर्ने देशहरुको सूचीमा नेपाल ११८ औं स्थानमा रहेको छ ।

स्विजरल्याण्डको केन्द्रीय बैंकले सार्वजनिक गरेको सान २०१९ को बार्षिक प्रतिवेदन अनुसार नेपाल ११८ औं स्थानमा रहेको हो। रिपोर्ट अनुसार पहिलो स्थानमा बेलायत रहेको छ । स्विस बैंकमा पैसा लुकाउने देशहरुको सूची करिब २ सय रहेको छ। सन २०१८ को तुलनामा नेपालवाट स्विस बैंकमा लुकाइने पैसा २०१९ मा घटेको जनाइएको छ।

स्विस बैंकमा कर नतिरेको तथा गैरकानुनी क्रियाकलापवाट आम्दानी भएको रकम लुकाउनका लागि विदेशी नागरिक तथा संस्थाले पैसा जम्मा गर्ने गर्छन । ट्रान्सपरेन्सी इन्टरनेशनका अनुसार नेपाल धेरै भ्रष्टाचार गर्ने मुलुकको सूचिमा ११३ औं स्थानमा रहेको छ। धेरै भ्रष्टाचार हुने भएपनि कालो धनको मात्र पनि उत्तिकै हुने सम्भावना हुन्छ । त्यसैले नेपालीहरुको स्विस बैंकको पहुँच पनि माथिल्लो स्थानमा नै रहेको छ।

तर, हाम्रो छिमेकी राष्ट्र भारतका नागरिक तथा संस्थाको स्विस बैंकका कुल ६६२५ करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ। अघिल्लो साल स्विस बैंकमा पैसा लुकाउने देशको सूचिमा भारत ७१ स्थानमा थियो भने सन २०१९ मा त्यो घटेर ७४ स्थानमा पुगेको छ।

सन २०१९ मा सबैभन्दा धेरै स्विस बैंकमा पैसा लुकाउने देशमा ब्रिटेन रहेको छ। गत वर्ष पनि पहिलो स्थानमा ब्रिटेन नै थियो । ब्रिटेन नागरिक तथा संस्थाले लुकाएको पैसा विदेशीहरुले लुकाएको कुल रकमको २७ प्रतिशत हिस्सा ओगटेको स्विजरल्याण्डको केन्द्रीय बैंकले जनाएको छ।

स्विस बैंकका पैसा लुकाउनेमा धेरै ब्रिटिस नागरिक तथा संस्था रहेका छन भने दोस्रो नम्बरमा अमेरिकी नागरिक तथा संस्था रहेका छन। त्यसैगरी स्विस बैंकका धेरै पैसा लुकाउने तेस्रो देशमा वेस्ट इण्डिज रहेको छ। स्विस बैंकमा पैसा लुकाउने देशको सूचिमा फ्रान्स चौथो स्थानमा छ भने हङकङ पाँचौ स्थानमा रहेको छ।

स्विस बैंकमा जम्मा भएको कुल धनमा शिर्ष ५ देशको योगदान ५० प्रतिशत रहेको छ भने शिर्ष १० देशको योगदान ६६ प्रतिशत हुन आउछन । शिर्ष १५ देशका नागरिक तथा संस्थाले लुकाएको पैसा कुल निक्षेपको ७५ प्रतिशत हुने र शिर्ष ३० देशको ९० प्रतिशत हिस्सा हुने जनाएको छ।

स्विस बैंकमा पैसा लुकाउने शिर्ष देशमा जर्मनी, लक्जम्बर्स, बहामास, सिंगापुर र केमैन आइलण्ड रहेका छन । स्विस बैंकमा पैसा लुकाउने शिर्ष २२ देशको हिस्सा कुल रकमको एक प्रतिशत भन्दा माथि रहेको छ।