युनिलिभर नेपालले “फेयर एण्ड लभ्ली” ब्राण्डलाई नयाँ नाम दिंदै

0
Shares

युनिलिभर नेपाल लि. (UNL) ले आफ्नो परिचित ब्राण्ड “फेयर एण्ड लभ्ली” लाई नयाँ नाम दिने भएको छ । नयाँ नामसँगै त्वचाको स्याहारसम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरणतर्फ विकास गर्न सक्षम भएको सार्वजनिक गरेको छ ।

उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने लक्ष्यका साथ कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ । ‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नाम आवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिनेछ ।

विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएको छ । सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलाई त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्ट ग्लो, सफा त्वचा लगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरुतर्फ केन्द्रित गरेको छ । गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरण लगायत गोरोपन सम्बन्धी निर्देशहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्गहरु तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यताबीच कुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गर्दछ ।

युनिलिभर दक्षिण एशियाका अध्यक्ष सञ्जिव मेहताले भने “हामीले हाम्रा त्वचा स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई अझ समावेशी बनाइरहेका छौं र सुन्दरताको विविधतापूर्ण चित्रणको उत्सवलाई नेतृत्व गर्न चाहन्छौं । सन् २०१९ मा हामीले फेयर एण्ड लभ्लीको प्याकेजिङ्गबाट गोरोपन सम्बन्धी निर्देशहरुका साथसाथै दुई मुहारको तुलनात्मक रुपान्तरण सम्बन्धीत रचनाहरुलाई हटायौं र ब्राण्डको सञ्चारलाई गोरोपनबाट, ग्लो जुन स्वस्थ त्वचाको उचित तथा समावेशी मापदण्ड हो त्यसतर्फ मोड्यौ । अब हामी हाम्रो ‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर‘ शब्दलाई हटाउने समेत घोषणा गर्दछौं । नयाँ नामले कानूनी मान्यता प्राप्त गर्ने प्रक्रियामा छ र परिवर्तित नामसहितको प्याक अबको केही महिनामै बजारमा उपलब्ध हुनेछ ।”

फेयर एण्ड लभ्ली एक प्रथम आविष्कारक प्रविधि हो जसले अत्यन्त सुलभ मूल्यमा करोडौं उपभोक्ताहरुलाई त्वचाको स्वास्थ्यसम्बन्धमा विभिन्न लाभहरु प्रदान गर्न सफल हुँदै आएको छ । फेयर एण्ड लभ्लीमा भिटामिन बि३, बि६,सि र ई (ग्लिसरीन), युभिए र युभिबी सनस्क्रिनहरु एवं अलन्टोइनको संयोजन पाइन्छन्, जसले त्वचालाई स्वस्थ राख्न र बाह्य आक्रमणकारी तत्वहरु तथा वातावरणीय प्रदूषणबाट त्वचाको संरक्षण गर्न मद्दत गर्दछन् । यो उत्पादनले त्वचाको प्रतिरोधात्मक क्षमता बढाउन, त्वचाको माइक्रोबायोम वृद्धि गर्न, त्वचामा हुन सक्ने अस्थिरता सुधार्न र त्वचाको बनावटलाई सुधार्दै चमक र उज्ज्वलता बढाउने काम गर्दछ ।

फेयर एण्ड लभ्लीमा गरिएको परिवर्तनसँगैं हाम्रा अन्य त्वचा स्याहार सम्बन्धी उत्पादनहरुमा समेत यो सकारात्मक सौन्दर्यको नयाँ दृष्टिकोण प्रतिबिम्बित हुनेछ ।

महिलाहरुलाई अवसरसँग जोड्दै

करियर परामर्श र उच्चकोटीको शिक्षा । यी दुवै महिला सशक्तिकरण तथा करियर विकासका लागि नभै नहुने महत्वपूर्ण पक्षहरु हुन् । विशेषतः जहाँ महिलाको सन्दर्भमा लैंङ्गिक विभेद, घर बाहिर पढ्ने बारेमा सुरक्षा चिन्ता वा घरेलु जिम्मेवारीहरुका बारेमा हानिकारक मान्यताहरु लगायतका सामाजिक–साँस्कृतिक, संरचनात्मक वा आर्थिक अवरोधहरु खडा हुन्छन् त्यहाँको लागि सत्य हो ।

नेपालमा फेयर एण्ड लभ्ली फाउण्डेसनको शुरुवात २०१९ मा भएको थियो । फेयर एण्ड लभ्ली छात्रवृत्ति कार्यक्रमले अभिरुची, प्रतिभा, जागरुकता र महत्वाकाँक्षा भएका महिलाहरुलाई समाजमा आत्मनिर्भरता भई गर्व गर्न लायक स्थान बनाउन शैक्षिक छात्रवृत्ति प्रदान गर्दछ । हाल फेयर एण्ड लभ्ली करियर फाउण्डेसनले युवती तथा महिलाहरुलाई अन्तर्राष्ट्रिय स्तरको छात्रवृत्ति अगाडी ल्याई निजहरुलाई अघि बढ्न एवं आफ्नो सपना साकार पार्न सहयोग तथा प्रोत्साहन गरेको छ ।

फेयर एण्ड लभ्लीको ब्राण्डको नयाँ नामसँगै हामीले फेयर एण्ड लभ्ली फउाण्डेसनको समेत नयाँ नाम सार्वजनिक गर्नेछौं ।
युनिलिभर नेपाल लिमिटेड (युएनएल) नेपालमा २७ वर्षको धरोहर भएको सबैभन्दा ठूलो तीव्र गतिमा अघि बढिरहेको उपभोक्ताहरुको कम्पनी हो । यो कम्पनी हिन्दुस्तान युनिलिभर लिमिटेड(भारतको सबैभन्दा ठूलो फास्ट मुभिङ्ग कन्जुमर गुड्स कम्पनी) को सहायक कम्पनी हो ।