नागरिक लगानी कोषका ऋणीलाई चार महिनाको ब्याजमा छुट अफर

0
Shares

नागरिक लगानीकोषले कोषबाट आवास कर्जा र सरल कर्जा लिएका ऋणीहरुको चार महिनाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

कोषले २०७६ चैत्रदेखि ०७७ असार मसान्तसम्मको ब्याज यहि असार मसान्तभित्रमा बुझाएमा उक्त चार महिनाको ब्याजमा दश प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

कोषले नियमित साँवा र ब्याजको रकम इन्भेष्टमेन्ट बैंक तथा कृषि विकास बैंकमा जम्मा गरेर कोषको आवास कर्जा र सरल कर्जा शाखामा भौचर पेश गर्न आग्रह गरेको छ ।