गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयरमा आवेदन खुल्यो

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद शेयरमा असार १४ गते आइतबार आवेदन खुलेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । गुराँसले बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।

जसको हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीले साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन्। 

यसअघि चैत २० गतेबाट हकप्रद निष्कासन गर्ने सूचना जारी गरिएको भए पनि कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेकाले हकप्रद निष्कासन स्थगित गरिएको थियो ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुरबाट आवेदन दिन सकिनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल यसको कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ छ । हकप्रदपछि १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।