भारतको मुम्बईबाट आएर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकमा रहेको क्वारेन्टाइनमा बसेका ४५ बर्षिया एक पुरुषको प्रादेशिक अस्पताल बुटवलमा आइतबार बिहान मृत्यु भएको छ।
गत असार १२ गते भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाईनमा आएर बसेका थिए। ती पुरुषमा शनिबार मध्ये रातदेखि स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो।
बर्दघाट चिसापानीको क्वारेन्टाईनमा बसेका ती पुरुषमा कोरोना नभए नभएको पुष्टि गर्न स्वाव संकलन गरिएको थियो। मृतकको पिसिआर रिपोर्ट पछि मात्र कोरोनाका कारण मृत्यु भएन नभएको पत्ता लाग्ने बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।
मृतक प्रेसर र प्यारलाईसिसका विरामी रहेको बताइएको छ।
प्रतिक्रिया