एनआईसी एशिया लघुवित्तको आइपीओमा ओइरिए लगानीकर्ता, १ अर्ब ८८ करोडको आवेदन

0
Shares

एनआइसी एशिया लघुवित्तले असार १० गते बुधबारदेखि निष्काशन गरेको आईपिओ शेयरमा आइतबार बिहान ११ बजेसम्ममा ४.२४ गुणाा बढी आवेदन परेको छ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार एक अर्ब ८८ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो।

क्यापिटलका अनुसार लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा असार १४ गते बिहान ११ बजेसम्ममा ३ लाख ४१ हजार ७४५ आवेदकबाट १ करोड ८८ लाख ४७ हजार ९८० कित्ता शेयर खरिदको माग आवेदन परेको हो ।

लघुवित्तले सर्वसाधारका लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो।

लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले असार १४ गते आइतबारसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  ११ : २० बजे