नाडेप लघुवित्तले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

नाडेप लघुवित्त (NADEP) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको ११८ औं बोर्ड बैठकले आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट लगानीकर्तालाई दश प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ ।

साथै लघुवित्तले कर प्रयोजनका लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए।

हाल लघुवित्तको ३६ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी छ । जस अनुसार लघुवित्तले ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस तथा कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट बैंकको स्वीकृती पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ । दश प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्नेछ।

धादिङ्गको गजुरीमा केन्द्रीय कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्तले ४६ जिल्लामा ८ वटा इलाका कार्यालयहरु तथा ७८ वटा शाखा तथा उपशाखा कार्याकाल मार्फत ८० हजार घरधुरीमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  ११ : २३ बजे