विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, मृत्युदर पाँच प्रतिशत

0
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख २ हजार जनाको मृत्यु भएको उल्लेख छ । करिब ५५ लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा १ लाख २८ हजार जनाको मृत्यु भइसकेको छ ।

विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख ८७ हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ । यहाँ हालसम्म १३ लाख १९ हजार व्यक्ति संक्रमित भएका र ५७ हजार बढीको मृत्यु भएको छ ।

अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अति प्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तीब्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन्।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  २० : ०१ बजे