इपानको चुनाव प्रोक्सी प्रयोगको विवादले अनिश्चितकालका लागि रोकियो

0
Shares

उर्जा उत्पादकहरुको संस्थाको नयाँ कार्यसमिति चयनका लागि हुने भनिएको चुनाव अनिश्चितकालका लागि रोकिएको छ। इपान कार्यासमितिले प्रोक्सी अधिकारको प्रयोग चुनावमा गर्न पाइने निर्णय गरेपछि त्यसको विरोध हुने क्रममा चुनाव रोकिएको हो।

नयाँ कार्यसमितिको निर्वाचन गराउने जिम्मेबारी पाएको इपानको कार्यसमितिले प्रोक्सी अधिकारको प्रयोग गरेर निर्वाचन गराउने निर्णयको विरोध अध्यक्षका उम्मेदवार सुर्य अधिकारीले गरेपछि चुनाव स्थागित भएको हो। अधिकारीले सामाजिक सेवाको संस्थामा प्रोक्सीको प्रयोग गर्न नपाइने भन्दै असहमती जनाएपछि विवाद भएको उपाध्यक्षका उम्मेदवार रहेका भरत खत्रीले बताए ।

“इपान जस्तो संस्थामा कानुन विपरीत प्रोक्सी अधिकारको प्रयोग गर्न खेजियो” उनले भने,“हामीले प्रोक्सीका आधारमा भोट गर्ने अधिकार कानुनत: हुँदैन, त्यस विषयमा हाम्रो साथीहरुले असहमती जनाउँदै गर्दा छलफल भैरहेको थियो त्यसै बीचमा जिल्ला प्रशासन कार्यालयले धेरै जना भेला नुहन भन्दै चुनाव स्थगीत गर्न निर्देशन दिएपछि रोकिएको हो ।”

संस्था दर्ता ऐन २०३४ अनुसार संस्थाको उद्देश्य नाफा रहित समाज सेवा र ब्यावसायीक हकहितको लागि काम गर्ने हुन्छ।

यो उद्देश्य राखेर स्थापना भएका संस्थाहरुको शेयर कारोबार हुँदैन । त्यसमा कम्पनीहरु मात्र त्यसको प्रतिनिधि हुन्छन । यस्ता खालका संस्थाहरुमा प्रोक्सीको परिकल्पना नै गरिएको छैन । प्रोक्सीहरुको व्यवस्था हुने भनेको कम्पनी ऐन अनुसार दर्ता भएका संस्थाहरु जसले ब्यक्ति-व्यक्तिलाई शेयर वितरण गरी नाफा गर्ने उद्देश्य सहित सञ्चालीत हुन्छ। त्यस्तो संस्थामा मात्र प्रोक्सी प्रयोगको परिकल्पना भएको छ ।

कानुनी व्यवस्था यस्तो भएको अवस्थामा पनि निवर्तमान कार्यसमितिले प्रोक्सी व्यवस्थाको निर्णय गरेर नयाँ कार्यसमिति चयन गर्ने एजेण्डा सहितको साधारण सभा गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार सोमबार साधारण सभा सुरु भएको थियो । साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि चुनावि प्रक्रिया पनि सुरु गरेर उम्मेदवार दर्ता, मतदाता नियमावली प्रकासन लगायतका काम सकिएपछि कानुन विपरीतको प्रोक्सीलाइ अध्यक्षका उम्मेदवार सुर्य अधिकारीको प्यानलले नमानेपछि विवाद बढ्दै गएको थियो ।

यसै बीचमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले धरै व्यक्ति भीडभाड गर्नु हुने अवस्था नरहेको भन्दै साधारण सभा स्थगित गर्नका लागि निर्देशन दियो । त्यसपछि तत्कालका लागि निर्वाचन प्रक्रिया रेकिएको छ । आगामी दिनमा कहीले हुने भन्ने पनि निश्चित भएको छैन ।