मञ्जुश्री फाइनान्सले ५० करोडको ऋणपत्र जारी गर्ने

0
Shares

मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सले एक हजार रुपैयाँ दरका ५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो।

५० करोड रूपैयाँको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।

ऋणपत्र बिक्री तथा निष्काशन सम्झौतामा मञ्जुश्री फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । १०.५ प्रतिशत व्याज ६/६ महिनामा प्रदान गरिने यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाईएको छ ।

फाइनान्सले चैत मसान्तसम्ममा १९ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्म फाइनान्सले ५ अर्ब ५० करोड निक्षेप संकलन गरि ५ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

८१ करोड चुक्ता पूँजी रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा पुगेको छ। जगेडा कोषमा १९ करोड ७२ लाख रुपैयाँ र शेयरधनी कोषमा ११ करोड ९ लाख रुपैयाँ बाँड्न मिल्ने रकम रहेको छ। त्यसैगरी प्रतिशेयर नेटवर्थ १२५। ८० रुपैयाँ छ।