पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0
Shares

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैया, डिजल तथा मट्टितेलमा २ रुपैयाँले बढाएको हो ।

आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार  २० : ४० बजे