गणपति लघुवित्तको बोनस वितरण, कागजी शेयर अभौतिकिकरण गर्न आग्रह

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले बोनस वितरण गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि तेश्रो वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो।

लघुवित्तले गत मंसिर १७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा गरिएको जनाएको छ । सो मितिपश्चात शेयर अभौतिकिकरण गर्नेहरुको भने क्रमश जम्ममा गर्दै जाने बताइएको छ।

लघुुवित्त संस्थाको गत पुस ४ गते सम्पन्न भएको साधारण सभाले ४२ हजार ४५० कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो भने उक्त बोनस गते नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि गत चैत ४ गते सूचीकरण भएको थियो।

यस्तै लघुवित्तले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शीघ्र आफुसँग भएको कागजी शेयर अभौतिकिकरण गर्न समेत भनेको छ।
लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार  १४ : ५७ बजे