एफवान सफ्ट ग्रुपको प्रमूख सञ्चालन अधिकृतमा शिशिर पछाइ नियुक्त

एफवान सफ्ट ग्रुपको प्रमूख सञ्चालन अधिकृतमा शिशिर पछाइ नियुक्त

नेपालको आइटी उद्योगमा पायोनियर मानिएको एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाइ नियुक्त भएका छन् ।

पछाइलाई बुधबार एफवान सफ्ट ग्रुपको अध्यक्ष विश्वास ढकालले औपचारिक रुपमा स्वागत गरे । मिडिया ग्रुपको १७ वर्षदेखि अपरेशनमा आफ्नो निरन्तर योगदान दिदै आएका पछाइ एफवान सफ्ट गु्रपमा आबद्ध भएसँग ग्रुपका कम्पनीहरुको अपरेशन हेर्नेछन् ।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवानसफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार ०९ : ०४ बजे