हिमालयन एयरलायन्सले सार्वजनिक गर्यो चार्टड उडान तालिका र भाडादर

0
Shares

हिमालयन एयरलायन्सले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई स्वदेश फर्काउनका लागि उद्धार उडानको कार्यतालिका र भाडादर सार्वजनिक गरेको छ।

साथै एयरलाइन्सले उडान गर्ने सम्बन्धित देशका सम्पर्क व्यक्तिहरु समेत तोकेको छ।

हिमालयन एयरलायन्सले माल्दिभ्स, युएई, साउदी अरेबिया, कुवेत, कतार, मलेशिया तथा चीन लगायतका देशमा उद्धार उडान गर्ने भएको हो।

हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ। जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ। जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ। त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ।

यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ। हिमालयले जुन महिनामा पनि १० दिन चार्टर्ड उडान गरेको थियो।