नेप्से ४% ले घटेपछि २० मिनेटका लागि कारोबार रोकियो

0
Shares

शेयर बजार सुचक मापक नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि शेयर कारोबार रोकिएको छ।

साताको अन्तिम दिन बिहीबार सुरुवातमा सकारात्मक रहेको नेप्सेमा बिक्री चाप आउँदा ऋणात्मक सर्किट लागेको हो।

बजारमा नाफा सुरक्षित गर्ने क्रम बढ्दा कारोबारको २३ मिनेटमा बजारमा ऋणात्मक सर्किट लागेको हो। यसअघि बुधबार र मंगलबार दुबै दिन सकारात्मक सर्किट लागेको थियो। सोमबार भने बजार ऋणात्मक सर्किट लागेर बन्द भएको थियो।

यस अवधिमा नेप्से ५३.५० अंकले घटेर १२८३.०२ बिन्दुमा झरेको छ। ठूला कम्पनीको मापक सुचक सेन्सेटिभ इन्डेक्स् ४.१४ प्रतिशतले घटेको छ।

यस अवधिमा १२९ कम्पनीका ४ लाख ८९ हजार ४०० कित्ता शेयर २२ करोड ३२ लाख ५४ हजार रुपैयाँमा खरीद बिक्री भएको छ। कारोबारमा आएका वित्त बाहेक ९ वटा उप समूहको सुचक ऋणात्मक बनेको छ। नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ, नागरिक लगानी कोष, र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड बढीको शेयर कारोबार भएको छ।

मितेरी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, एनएलजी इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, आइसीएफसी फाइनान्सको शेयरमूल्य ३ प्रतिशले बढेको छ। नेपाल बैंक र सानीमा बैकको ९ प्रतिशत बढीले घटेको छ।

अब ११ बजेर ४३ मिनेटमा मात्र शेयर कारोबार खुला हुनेछ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार  ११ : ३९ बजे