नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ८.१६ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ ।
गत चैत्र २४ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा आईपीएस मार्फत रकम जम्मा गरेको हो ।
कम्पनीको जेठ २३ गते शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाले उक्त (८.१६ प्रतिशत) लाभांश पारित गरेको थियो। उक्त रकमबाट करकट्टी गरि बाँकी रकम जम्मा गरेको हो।
हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराउने शेयरधनीहरुको हकमा भने आफ्नो शेयर अभौतिकिकरण गरेपछि मात्र उक्त लाभांश पाउनेछन्।
नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया