नेशनल माइक्रोफाइनान्सको बोनस वितरण, शेयर अभौतिकिकरण गर्न आग्रह

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ।

लघुवित्तले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई आफुसँग भएको शेयर अभौतिकिकरण गरि गत आवको नाफाबाट वितरण भएको बोनस प्राप्त गर्न आग्रह गरेको हो।

लघुवित्तको गत मंसिर २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो। उक्त बोनस मंसिर १५ गतेसम्म शेयर अभौतिकिकरण गरेका शेयरधनीहरुको हितग्राही खातामा भने बोनस जम्मा गरिसकिएको लघुवित्तले जनाएको छ ।

मंसिर १५ गतेपछि शेयर अभौतिकिकरण गरेका शेयरधनीको हकमा शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत बोनस शेयर क्रमश पठाउँदै जाने लघुवित्तले जनाएको छ।

संस्थाको बोनस शेयर यहि असार ४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरि सूचीकृत भइसकेको छ ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार  ११ : ५६ बजे