एनआईसी एशिया लघुवित्तको आईपिओ शनिबारै बाँडफाँड हुने

0
Shares

एनआईसी एशिया लघुवित्तको निष्कासनको गरेको साधारण शेयर शनिबार नै बाँडफाँड हुने भएको छ । लघुवित्तको आईपिओ बिहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ ।

अर्को साता दुई कम्पनीको आईपिओ निष्कासनको क्रममा रहेकाले लगानीकर्ताको सहजताको लागि शनिबार नै आईपिओ बाँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

आइतबार बाँडफाँड गर्दा सोही दिन साधना लघुवित्तको आईपिओ खुला हुने भएपछि सिडिएससीको सर्भरमा धेरै चाप पर्ने भएकाले अघिल्लै दिन हुने भएको हो।

आईपिओको सिजन लाग्यो, साधना लघुवित्तले असार २१ गतेबाट जारी गर्ने

अजोड इन्स्योरेन्सको ३० करोडको आईपिओ असार २५ देखि खुल्ने

क्यापिटलले आफ्नो फेसबुक पेज मार्फत बाँडफाँड कार्यक्रमको लाइभ गर्ने भएको छ ।

एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा असार १० देखि १४ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयरमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा ४६ हजार ५७९ जना आवेदकले २० कित्ता शेयर पाउनेछन् भने ३ लाख ५१ हजार १६२ जना आवेदकले भने १० कित्ता आईपीओ पाउनेछन्।

एनआइसी एशिया लघुवित्तको आईपीओ आइतबार बाँडफाँड, ४६ हजार ५७९ जनाले २० कित्ता पाउने

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। क्यापिटलका अनुसार ३ लाख ९७ हजार ७४१ वटा आवेदन योग्य भएका छन्।

जसअनुसार १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ३९ लाख ७७ हजार ४१० कित्ता सकिन्छ। बाँकी ४ हजार ६५ हजार ७९० कित्ता शेयर गोलाप्रथाबाट भाग्यमानी ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ताका दरले १० कित्ता २० कित्ता पाउनेछन्।

एनआइसी एशिया लघुवित्तमा १६ हजार ४३९ वटा आवेदन रद्ध, १ हजार बढी दोहोरो आवेदन

आईपीओ आवेदन गरेका कूल ४ लाख १४ हजार १८० लगानीकर्तामध्ये १६ हजार ४३९ वटा आवेदन अयोग्य ठहर भएका छन्। आईपीओ आवेदन परेको आवेदनमध्ये बैंक खातामा मौज्दात नभएका, दोहोरो आवेदन परेका आवेदनहरु रद्ध भएका हुन्। आवेदन रद्ध भएका लगानीकर्ता आईपीओ पाउनबाट बञ्चित बन्ने भएका छन्।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। आईपीओमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयरको माग परेको थियो।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार  १६ : २७ बजे