प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

प्रभु बैंक लिमिटेडको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले असार २१ गतेबाट उक्त परिमाणको शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो।

बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ ।

हाल बिक्रीमा ल्याइएको शेयर किन्ने हक राष्ट्र बैंकको निर्देशन बमोजिम विद्यमान कायम संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरीद गर्न सक्नेछन्।।

इच्छुक संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्नेछन्। । आवेदन दिने अन्तिम म्याद साउन ५ गतेसम्म राखिएको छ।