एनआइसी एशिया लघुवित्तले बुधबार नेप्सेमा १ करोड ४८ कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेले कम्पनीको कारोबारका लागि एनआईसीएलबिएसएल (NICLBSL) कारोबार संकेत प्रदान गरेको छ।
कम्पनीले असार १० देखि १४ गतेसम्म सर्वसाधारणमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । सो आईपीओ र संस्थापक गरि कूल १ करोड ४८ कित्ता सूचीकरण भएको हो।
नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११०.४३ रुपैयाँदेखि अधिकतम ३३१.२९ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। यसअनुसार लघुवित्तको पहिलो शेयर कारोबार यहि कारोबार रेञ्जभित्र रहेर कारोबार खुल्नेछ।
बुधबार शेयर सुचीकरण भएसँगै लघुवित्तको बिहीबारबाट लघुवित्तको नेप्सेमा कारोबार खुल्नेछ।
प्रतिक्रिया